• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

असोज १ गते शोक दिवसको रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय

Stambha News by Stambha News
२०८२ भाद्र ३०, सोमबार १५:५५
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

Screenshot

0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

स्तम्भन्युज संवाददाता

३० भदौ, काठमाडौं । सरकारले हालै सम्पन्न जेनजी आन्दोलनमा निधन भएकामध्ये सहिदलाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्ने र सहिद परिवारलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

भदौ ३० गते सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले आगामी असोज १ गते शोक दिवसको रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।

सरकारले सहिद परिवारलाई पूर्व निर्धारित क्षतिपूर्ति १० लाखसहित थप ५ लाख गरी कुल १५ लाख सहयोग गर्नेछ। उक्त रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयलाई उपलब्ध गराइने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत परिवारलाई हस्तान्तरण गरिनेछ।

बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेलाई राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, शव स्थानान्तरण र दाहसंस्कारमा सरकारी सहयोग गर्ने व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा सुरक्षाकर्मीको ज्यादतीबारे छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ। आयोगको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने गृहमन्त्री अर्यालले बताउनुभयो।

साथै, सहिदको स्मरणमा “जेनजी जागरण स्मारक पार्क” निर्माण गर्ने निर्णय भएको छ।

बैठकले अघिल्लो मन्त्रिपरिषद्का निर्णय नभएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको छ।

Facebook Comments Box
Previous Post

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी धमाधम भुक्तानी हुदै

Next Post

काठमाडौंमा सरकारी गाडी कति जले ?

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ भाद्र ३०, सोमबार १५:५५
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ भाद्र ३०, सोमबार १५:५५
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ भाद्र ३०, सोमबार १५:५५
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ भाद्र ३०, सोमबार १५:५५
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ भाद्र ३०, सोमबार १५:५५
Next Post
काठमाडौंमा सरकारी गाडी कति जले ?

काठमाडौंमा सरकारी गाडी कति जले ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सभामुख र उपसभामुखले छोड्दै सरकारी निवास

सभामुख र उपसभामुखले छोड्दै सरकारी निवास

२०८२ भाद्र ३०, सोमबार १५:५५
नाडा अटाे शाे  आजवाट सुरू अर्थमन्त्रीले गरे उद्घाटन

नाडा अटाे शाे आजवाट सुरू अर्थमन्त्रीले गरे उद्घाटन

२०८२ भाद्र ३०, सोमबार १५:५५
शिक्षकका मागका सम्बन्धमा सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने: मन्त्री खड्का

शिक्षकका मागका सम्बन्धमा सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने: मन्त्री खड्का

२०८२ भाद्र ३०, सोमबार १५:५५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?