• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

नेपालगञ्ज यातायात कार्यालय बन्द, सम्पूर्ण कागजात रेकर्ड जलेर नष्ट

Stambha News by Stambha News
२०८२ आश्विन १२, आईतवार १६:३१
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
नेपालगञ्ज यातायात कार्यालय बन्द, सम्पूर्ण कागजात रेकर्ड जलेर नष्ट
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

१२ असोज, नेपालगञ्ज । जेन–जी आन्दोलन पश्चात नेपालगञ्ज स्थित यातायात व्यवस्था विभागको सेवा कार्य पूर्ण रूपमा प्रभावित भएको छ । विभागका लेखा प्रमुख दिनेश सिंह ठाकुरका अनुसार अहिले ब्लुबुक नवीकरण, रुट परमिट, सवारी जाँचपास र अस्थायी पत्रके बाहेक अन्य सम्पूर्ण कामकाज रोकिएका छन् ।

उनले भोलि असोज १३ गते देखि असोज १९ गतेसम्म कार्यालय पूर्ण रूपमा बन्द रहने जानकारी दिए । “दशैं पश्चात शान्तिनगरमा रहेको कार्यालयलाई कारकादो स्थित सिप विकास कार्यालयको भवनमा सार्ने तयारी भइरहेको छ,” ठाकुरले बताए ।

सम्पूर्ण रेकर्ड जलेर नष्ट

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् । विशेषगरी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण विवरण, फाइल र कम्प्युटरमा भएका डाटा समेत काम नलाग्ने अवस्थामा पुगेको ठाकुरले बताए ।

“सबै कागजपत्र जलाईदिएको छ, लाइसेन्सको सम्पूर्ण रेकर्ड हराएको छ, यसले सेवा पुनःसञ्चालनमा ठूलो समस्या खडा गरेको छ,” उनले भने ।

सरकारी गाडी समेत जलेर नष्ट

कार्यालयको सम्पत्ति पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आगजनीमा कार्यालय प्रयोगमा रहेका सरकारी गाडी समेत जलेर नष्ट भएको छ ।

सेवा ग्राही प्रभावित

कार्यालय बन्द भएपछि दैनिक रूपमा ब्लुबुक नवीकरण, सवारी दर्ता, रुट परमिट र नयाँ लाइसेन्स लिन आउने सयौं सेवाग्राही प्रभावित भएका छन् । उनीहरूले आवश्यक कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता परेको छ ।

स्थानान्तरणपछि मात्र नियमित सेवा

लेखा प्रमुख ठाकुरका अनुसार दशैं पश्चात कार्यालयलाई नयाँ स्थानमा स्थानान्तरण गरी, आवश्यक कागजात र प्रणाली पुनःसंरचना गरेपछि मात्र नियमित सेवा सञ्चालनमा ल्याउने योजना छ । तर सम्पूर्ण रेकर्ड जलेर नष्ट भएकाले सेवाग्राहीलाई तत्काल राहत दिने उपायमा चुनौती खडा भएको जनाइएको छ ।

Screenshot

Screenshot

 

Facebook Comments Box
Previous Post

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

Next Post

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ आश्विन १२, आईतवार १६:३१
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ आश्विन १२, आईतवार १६:३१
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ आश्विन १२, आईतवार १६:३१
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ आश्विन १२, आईतवार १६:३१
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ आश्विन १२, आईतवार १६:३१
Next Post
उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

२०८२ आश्विन १२, आईतवार १६:३१
राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

२०८२ आश्विन १२, आईतवार १६:३१
‘मैले सहयोग गर्न सकिनँ’

‘मैले सहयोग गर्न सकिनँ’

२०८२ आश्विन १२, आईतवार १६:३१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?