- स्तम्भन्युज

— खेम राज अधिकारी
स्तम्भन्युज अनलाइन खबर
नेपालगञ्ज, असोज १५। नेपालगञ्जको रामलिला मैदानमा रावण बनाउने काम अन्तिम चरणमा पुगेको छ। दशैँको अधिल्लो दिन आज रावण बनाउने तयारी सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।
भोलि विजयादशमीको अवसरमा परम्परागत रूपमा रावण दहन गरिने छ। नेपालगञ्जमा लामो समयदेखि निरन्तर रूपमा यो परम्परा कायम रहँदै आएको छ। हरेक वर्ष जसरी यो वर्ष पनि विशालकाय रावणको संरचना तयार पारिएको छ।
दशैँमा असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा रावण दहन गर्ने परम्परा नेपालगञ्जमा आकर्षणको रूपमा रहने गरेको छ। आयोजकका अनुसार भोलि बेलुकी विशेष कार्यक्रमसहित रावण दहन गरिनेछ र यसमा हजारौंको सहभागिता रहने अपेक्षा गरिएको छ।









