• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

Stambha News by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०४:४८
in मनोरञ्जन, विशेष, समाज, स्तम्भ विशेष
0
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter


  • — खेम राज अधिकारी

स्तम्भन्युज खबर

१९ फागुन,काठमाडौँ ।   वसन्त ऋतु सुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा चेरीका फूल फुल्न थालेपछि राजधानीको सौन्दर्य झनै निखारिएको छ । सडक किनार, पार्क र सार्वजनिक स्थानहरू गुलाबी र सेतो रंगका चेरी फूलले ढाकिँदा वातावरण रमणीय बनेको छ।

पार्क, बगैंचा वा सडकछेउका चेरीका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ । पैदलयात्रीहरू मात्रै होइन, गाडीमा हुइँकनेहरू पनि चेरी फूलसँगै सेल्फी खिचेर रमाउने गरेको भेटिन्छन् ।

वसन्त ऋतुमा फूल्ने चेरी जापानको राष्ट्रिय फूल पनि हो । जापानमा यसलाई साकुरा भनेर पनि चिनिन्छ ।

लैनचौर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।

विशेषगरी काठमाडौं महानगरपालिकाले केही वर्षयता विभिन्न स्थानमा रोपिएका चेरीका बिरुवाहरू अहिले फुलेर ढकमक्क भएका छन्। बिहान–साँझ हिँडडुल गर्ने सर्वसाधारण तथा युवायुवतीहरू चेरी फूलसँग तस्बिर खिच्न व्यस्त देखिन्छन्।

पर्यावरणविद्हरूका अनुसार चेरीका फूलले शहरको हरियाली मात्र बढाएको छैन, मनोवैज्ञानिक रूपमा पनि सकारात्मक प्रभाव पार्ने गर्दछ। वसन्तको आगमनसँगै फुल्ने चेरीले राजधानीवासीलाई नयाँ ऊर्जा र उमंग प्रदान गरेको उनीहरूको भनाइ छ।

स्थानीय तहले पनि हरित शहर निर्माण अभियानअन्तर्गत यस्ता सौन्दर्यवर्द्धक बिरुवा रोप्नेलाई प्राथमिकता दिँदै आएको जनाएको छ। चेरी फुल्दा बढेको आकर्षणले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

Facebook Comments Box
Previous Post

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

Next Post

किरियापुत्री अवस्थामा पनि मतदान

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०४:४८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०४:४८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०४:४८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०४:४८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०४:४८
Next Post
किरियापुत्री अवस्थामा पनि मतदान

किरियापुत्री अवस्थामा पनि मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

२०८२ फाल्गुन २०, बुधबार ०४:४८
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ फाल्गुन २०, बुधबार ०४:४८
बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

२०८२ फाल्गुन २०, बुधबार ०४:४८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?