
— खेम राज अधिकारी
स्तम्भन्युज खबर
चैत्र ४, काठमाडौं । घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकाभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यो जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ।
यस अवसरमा नेपाली सेनाले टुँडिखेल मा विशेष समारोह आयोजना गर्दै अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलाको प्रदर्शन गरेको छ। उक्त कार्यक्रममा उच्च पदस्थ व्यक्तित्व तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ।
घोडेजात्रा पर्वसँग जोडिएको जनविश्वासअनुसार टुँडिखेल क्षेत्रमा बस्ने ‘गुरुमापा’ नामक राक्षसलाई घोडाको टापले कुल्चाएर दबाउने परम्परा रहेको छ, जसले बालबालिकालाई सुरक्षित राख्ने विश्वास गरिन्छ।
यसैगरी, ललितपुरमा पनि एक आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने घोडेजात्रा पर्व नयाँ वर्षको आगमनसँग पनि सम्बन्धित रहेको विश्वास गरिन्छ।









