• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री

Stambha News by Stambha News
२०८० मंसिर २०, बुधबार ०६:२२
in राजनीति, विशेष
0
वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उहाँले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

“विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ”, नास्टका कुलपतिसमेत रहनुभएका दाहालले भन्नुभयो, “केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।”

विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरुले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उहाँले मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताउनुभयो ।

“सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेका छैनौँ । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।”

उहाँले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गर्नुभयो ।

“सोह्रौँ योजनामा के कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्दछु ।”

सो अवसरमा प्रधानमन्त्री दाहालले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो ।

Facebook Comments Box
Previous Post

लागुऔषधसहित एकजना पक्राउ, दुई जना फरार

Next Post

चोरी गर्ने गिरोहमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८० मंसिर २०, बुधबार ०६:२२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८० मंसिर २०, बुधबार ०६:२२
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८० मंसिर २०, बुधबार ०६:२२
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८० मंसिर २०, बुधबार ०६:२२
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८० मंसिर २०, बुधबार ०६:२२
Next Post
चोरी गर्ने गिरोहमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ

चोरी गर्ने गिरोहमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अमेरिकाको टेक्सासमा भयानक बाढी

अमेरिकाको टेक्सासमा भयानक बाढी

२०८० मंसिर २०, बुधबार ०६:२२
झापा बन्यो सबैभन्दा धेरै बीमित भएको जिल्ला

झापा बन्यो सबैभन्दा धेरै बीमित भएको जिल्ला

२०८० मंसिर २०, बुधबार ०६:२२
लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनद्वारा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग

लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनद्वारा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग

२०८० मंसिर २०, बुधबार ०६:२२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?