काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र एक नेपाली नागरिक छन् ।
भारतको बिहार राज्य समस्तिपुर जिल्ला घर भइ काठमाडौंको तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार, भारतको मोतीहारी जिल्ला राजापुर घर भइ तिलगंगामै बस्ने १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र काठमाडौंको नागार्जुन नगरपालिका ६ सितापाईलाका वर्ष ३० को बिक्रम गर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
मंसीर ५ गते राति गौशलास्थित बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
सिनामंगल शम्भुमार्गबाट बुधबार पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत गौशला पठाइएको छ









