काठमाडौं । जापानले नेपाललाई करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिएको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले जापान सरकारले दिने सो सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद बैठकका तीन निर्णय यस्ता छन्
१) जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ३९ करोड जापानी येन ९करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ० बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने।
२) राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम ९१० को खण्ड ९क० बमोजिम डा। असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने।
३) २०८० माघ २२ गते ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।









