• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

फ्रान्सको आम निर्वाचनमा वामपन्थी गठबन्धनको अग्रता

Stambha News by Stambha News
२०८१ असार २४, सोमबार १७:०९
in अन्तर्राष्ट्रिय, विशेष
0
फ्रान्सको आम निर्वाचनमा वामपन्थी गठबन्धनको अग्रता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूले अग्रता लिइरहेको प्रारम्भिक मतगणनाले देखाएको छ । सबै अपेक्षा विपरीत पेरिसमा वामपन्थी कार्यकर्ताको ठुलो भिड भेला भई मतगणनाको अन्तिम परिणामको पर्खाइमा रहेको छ ।

प्रारम्भिक अनुमानअनुसार वाम गठबन्धनले १७७ देखि १९८ सिट अग्रता लिएको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी गठबन्धन १५२ देखि १६९ सिट र आरएनको १३५ देखि १४५ सिटमा अगाडि छ ।

राजधानीको स्टालिनग्राद स्क्वायरमा वामपन्थी फ्रान्स अनबोड (एलएफआई) पार्टीको भेलामा सहभागी दर्शनशास्त्रकी छात्रा मेरी डेलिलले भन्नुभयो– ‘म साँच्चै खुसी छु । यहाँ अकल्पनीय ऊर्जा मिलेको छ र मेरो मन चिसो भइरहेको छ ।’

धेरै फ्रान्सेली मतदाताले आप्रवासन विरोधी, युरोपेली सङ्घप्रति आलोचनात्मक धारणा राख्ने (युरोसेप्टिक) नेसनल र्‍याली (आरएन) पार्टीले संसद्को सबैभन्दा ठुलो भाग कब्जा गर्ने डर व्यक्त गरेका थिए ।

यातायात क्षेत्रमा काम गर्ने एलएफआईका कार्यकर्ता दलिल डियाबले भन्नुभयो– ॅहामी राहत महसुस गरिरहेका छौँ । वामपन्थी गठबन्धनको जित र फ्रान्सको भविष्यको लागि धेरै आशा पलाएको छ ।’

इतिहासका विद्यार्थी ह्युगो चेभ्याली आरएनले प्राप्त गरेको सिटको ठुलो हिस्सालाई सङ्केत गर्दै र आफ्नो उत्साहलाई व्यक्त गर्दै भन्नुभयो– ‘यो एक जित हो तर यो सापेक्ष विजय हो । हामीले निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ । यो समाप्त भएको छैन तर यो नतिजाले अलिकति राहत मिलेको छ । केही दिन पहिलेसम्म हामीले यस्तो अपेक्षा गरेका थिएनौँ ।’

वामपन्थी न्यू पपुलर फ्रन्टका सयौँ समर्थकहरू पनि राजधानीको रिपब्लिक स्क्वायरमा उत्सव मनाउन भेला भएका थिए ।

‘हामीले जितेका छौँ । यो हाम्रो जित हो,” भिडका सदस्यहरूले निलो, सेतो र रातो फ्रान्सको झण्डा बोकेर ‘फ्रान्स आप्रबासनबाट विकसित भएको हो’ लेखिएको नारा लगाएका थिए ।

एक सहभागीले बोकेका प्लेकार्डमा वामपन्थीको बहुमतलाई सङ्केत गर्दै लेखिएको थियो, “यो जीत आरएनको होइन, , म्याक्रोँको पनि होइन ।”
गत जुन ९ मा भएको युरोपेली चुनावमा आरएनले आफ्नो मध्यमार्गी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोँले निर्वाचन घोषणा गर्दै राजनीतिक जोखिम मोल्नुभएको थियो ।

तीनपटक राष्ट्रपति पदका उम्मेदवार बनेका मारिन ले पेनले आफ्नो आरएन पार्टीले राष्ट्रिय चुनावमा पूर्ण बहुमत हासिल गर्ने र सरकारसमेत बनाउने आशा व्यक्त गर्नुभएको थियो तर अधिकांश जिल्लामा आरएन विरोधी एक जना मात्र उम्मेदवार भएको सुनिश्चित गर्न वाम र केन्द्र एकसाथ भेला भएपछि त्यो सपना चकनाचुर भयो ।

पेरिसको अर्को एक चोकमा आरएनका लागि वातावरण निराशपूर्ण देखिन्थ्यो । त्यहाँ भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता जोर्डन बर्डेलाले राष्ट्रपतिको पार्टीलाई ‘निर्वाचन प्रणालीलाई’ गलहत्याएर अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो ।

Facebook Comments Box
Previous Post

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

Next Post

प्रतिनिधि सभामा सांसदमाझ गीतमार्फत् बिम्ब प्रहार

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २४, सोमबार १७:०९
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २४, सोमबार १७:०९
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २४, सोमबार १७:०९
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ असार २४, सोमबार १७:०९
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २४, सोमबार १७:०९
Next Post
प्रतिनिधि सभामा सांसदमाझ गीतमार्फत् बिम्ब प्रहार

प्रतिनिधि सभामा सांसदमाझ गीतमार्फत् बिम्ब प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम

विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम

२०८१ असार २४, सोमबार १७:०९
⸻  ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी

ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी

२०८१ असार २४, सोमबार १७:०९
प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

२०८१ असार २४, सोमबार १७:०९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?