• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home स्तम्भ विशेष

विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम

Stambha News by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
in स्तम्भ विशेष
0
विदेश त्यागेर स्वदेशमै भविष्य खोजिरहेका श्याम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- मधेशमा चिसो धमाधम ओरालो लाग्दैछ, बिस्तारै तापक्रम उकालो लाग्दैछ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल सुरु भएको छ । सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्‍न सकिने पर-परका खेतबारीमा मानिसहरू देखिन थालेका छन् ।

रौतहटको वृन्दावन नगरपालिका-१ को फ्रेसकेटीएम फार्मका कामदारलाई बिहानैदेखि कामको चटारोले छोएको छ । सबै जना फार्ममा आफ्नै जिम्मेवारी पूरा गर्न तल्लिन देखिन्छन् ।

फार्ममा रहेका कामदार खेतमा माटो तयार पार्दैछन् । केही सहयोगी हाँस, कुखुरा र गाईभैंसीहरूको हेरचाह गर्दैछन् । कोही फार्ममा फलेका तरकारी टिप्न व्यस्त देखिन्थे । कसैलाई स्थानीय बजारमा पुर्‍याउन हतारो भएको जस्तो लाग्थ्यो । फार्मकै गाडीमा तरकारी हालिरहेका छन् ।

सबै आ-आफ्नै काममा व्यस्त रहँदा रातो वर्णका मझौला कदका एक युवकको प्रवेश हुन्छ, श्याम तामाङ । जसले फार्ममा सुपरभिजनको काम पाएका छन् ।

बिहानैदेखि फार्ममा रहेका सबै साथीहरूलाई काम लगाउनु र बारीमा भएका तरकारीहरूको हेरचाह गर्नु उनको पहिलो जिम्मेवारीमा पर्छ । सय बिघामा लगाइएका तरकारीको हेरचाह मात्र नभइ फार्ममा रहेका अन्य कर्मचारीको काम पनि श्यामले हेर्छन् ।

सिन्धुपाल्चोक मेलम्ची- ४ का श्यामले प्राथमिक शिक्षा गाउँबाटै हासिल गरे । स्थानीय विद्यालयमा आफूलाई पुग्ने ज्ञान र विद्या आर्जन गरिसकेको उनको तर्क छ । प्राथमिक शिक्षा मात्र पूरा गरे पनि अध्ययनको कमी भएको महसुस उनले गरेनन् ।

जसले पढेरभन्दा गरेर जाने

मध्यम वर्गीय परिवारमा हुर्किएका उनी आफूलाई काम गर्न रुचाउने र मेहनतीमै गणना गर्छन् । उनी भन्छन्, ‘घर-परिवारका अन्य सदस्यले काम र दुःख नगर । सकेको हामी सहयोग गर्छौ भन्छन् । मनले मान्दैन । सकेसम्म आफैँ काम गरेर खान मन छ ।’

जापानमा रहेका भाइ-बहिनीले श्यामलाई काम गर्नुपर्दैन भन्छन् । आफ्नो पाखुरा चलेसम्म काम गरेर खानुपर्छ भन्ने भनाइलाई आत्मसाथ गरेकाले उनी परिश्रम गर्नबाट कहिल्यै टाढा हुँदैनन् ।

श्याम बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म फार्ममा व्यस्त रहन्छन् । दिन लामो हुँदै गएपछि कोहीबेला साढे ९ बजेसम्म फार्ममा व्यस्त रहने उनले सुनाए ।

‘काम गर्न सहज छ । आफूले गरेको भिन्न पेशाभन्दा फरक काम गरिरहेकाले नौलो अनुभव प्राप्त गरिरहेको छु,’ उनले भने । यसभन्दा अघि उनी काठमाडौँमै सवारी चालक थिए ।

तीन वर्षसम्म सवारी चालकको उनीसँग अनुभव छ । अहिले भने फार्ममा उनको दैनिकी बितिरहेको छ । जहाँ उनी चालक होइन सुपरभाइजर छन् । उनले फार्ममा काम गरेको एक वर्ष भयो । उनको मातहतमा ७० जना कर्मचारी र दैनिक ज्यालादारी ३० जना छन् ।

श्यामले झण्डै सात वर्षको विदेश बसाइलाई बिट मारेर गाडी लिएर दुई वर्ष चलाए । उनी कामलाई सानो- ठूलो भनी विभेद गर्दैनन् । खल्तीमा लाइसेन्स बोक्ने यतिखेर श्याम मेलामा धानको भारी बोकेर बसेका छन् । जहाँ प्रकृति र प्राणीसँग मात्रै रमाएका छैनन् दैनिक माटोसँग पैंठेजोरी खेल्छन् ।

उनी फ्रेसकेटीएममा ड्राइभिङ गर्थे । गाडी चलाउन आएका उनले सीप र क्षमताले गर्दा आफूलाई भीडभन्दा फरक उभ्याएका छन् । सिक्न आएका उनी अहिले भने अरुलाई सिकाउन थालेका छन् ।

सय जनाको कामदारको नेतृत्त्व

सय जना कामदारलाई काममा अह्राउने जिम्मा श्यामको छ । सबैले काम गरेको र नगरेको रेखदेख आफूले गर्ने गरेको उनी बताउँछन् । श्यामले अवसर पाए । सजिलो काम त्यागेर नयाँ र नौलो ज्ञान सिक्न रौटहटको गर्मीलाई पछ्याउँदै पुगे । उनलाई गाडीमा बसेर काम गर्नु सजिलो थियो । नयाँ कुरा सिक्न र फरक भूगोलमा जीवनयापन गर्न चाहने रुचीले उनलाई फार्मले तान्यो ।

‘मेहनती र इमान्दारी भएकाले यो ठाउँमा पुगेको छु,’ ३६ वर्षीय श्याम भन्छन्,’ इमान्दार भएर सिधा बाटोमा हिँड्ने आफ्नो जिम्मेवार पूरा गर्ने हो मानिसले आफ्नो लक्ष्य हासिल गर्छन् । समस्यासँगै समाधान पनि आउँछ । समस्या पर्‍यो भनेर आँत्तिन हुँदैन ।’

उनले खेतीपाती, मलखाद व्यवस्थापन, पशुपालन र सिंचाइ प्रणाली सिके । सप्लाई चेन व्यवस्थापन, गोदाम र ढुवानी नियन्त्रण गर्ने जिम्मेवारी पाए । पढेर पाएको शिक्षाभन्दा व्यवहारिक शिक्षा उनले महत्त्वपूर्ण ठाने । यो सबैको परिणाम भनेको निरन्तर लगाव, इमान्दार तथा विश्वास रहेको उनी मान्छन् ।

अहिलेको समयमा मानिस प्रविधिसँग अपडेट हुनुपर्छ । परिवर्तनसँगै मानिसको जीवनमा नयाँ-नयाँ अवसर आउने गर्छ । श्यामले पनि प्रविधिका बाटोलाई पछ्याएर आफूलाई सजिलो बनाएको ठान्छन् ।

त्यसैको फलस्वरुप उनले आधुनिक कृषि फार्ममा सम्पूर्ण जिम्मेवारी पाएका छन् । सडकको अनुभवबाट एक्कासी कृषि फार्ममा पुग्नु वास्तविक जीवन सिकाइको पाठशाला रहेछ,’ उनले उत्साहित हुँदै भने,’ नदेखिएका हरेक कुराको आफ्नै अस्तित्व रहेको र यहाँ आएपछि त्यस्ता विषयको महत्त्व बुझेको छु ।’

संकलन केन्द्रमा उनले कामको वर्गीकरण बुझे । हरेक कामको महत्त्व हुन्छ । फार्ममा अझ बढी वर्गीकरण हुने रहेछ । उनले तरकारी वर्गीकरण, प्याकेजिङ र वस्तुको गुणस्तरका काम सिके । कसरी यहाँका वस्तुहरू बजारसम्म पुर्‍याउँने र बजारलाई फार्ममा ल्याउने त्यो महसुस गरे ।

श्याम परिवारका जेठा छोरा हुन् । सानैमा जिम्मेवारीको बोझ उनको काँधमा आयो । उनले देश छाडे इराक र मलेसियालाई कर्मभूमी बनाइसकेका छन् । झण्डै सात वर्ष विदेशमा बिताएका उनले अब भने काम पाएसम्म नेपाल नछाड्ने योजना बनाएका छन् ।

समय-समयमा परिवार भेट्न काठमाडौँ आइरहन्छन् । तर कोहीबेला भने परिवारका सदस्य पनि उतै जान्छन् । उनका एक छोरा र छोरी छन् । एकदिन श्याम भएको ठाउँमा छोरी पुगिन् । उनले बुबालाई पहिलोचोटि नेतृत्वको भूमिकामा देखिन्। उनले भावुक हुँदै भने,’ छोरीले बुबालाई सम्मान गरेको देखिन् । अरुले सर भनेर बोलाएको सुन्दा अचम्म मानिन् । पुनः छोरीको भनाइ उद्दत गर्दै उनले सुनाए,’पापा, मैले कहिल्यै सोचेको थिइनँ कि तपाईं नेता हुनुहुन्छ ।’

विदेश भनेको जोखिमको यात्रा

पोर्चुगल जान अप्लाइ गरे पनि त्यसलाई रद्ध गरिसकेको

Facebook Comments Box
Previous Post

नेपाल बार एसोसिएसन चुनावः डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

Next Post

टेक्नो स्मार्टफोनमा डीपसीक एलएलएमः अब झन् स्मार्ट र शक्तिशाली हुने

Stambha News

Stambha News

Related Posts

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
Next Post
टेक्नो स्मार्टफोनमा डीपसीक एलएलएमः अब झन् स्मार्ट र शक्तिशाली हुने

टेक्नो स्मार्टफोनमा डीपसीक एलएलएमः अब झन् स्मार्ट र शक्तिशाली हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

२०८१ फाल्गुन १६, शुक्रबार १५:३१
भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

२०८१ फाल्गुन १६, शुक्रबार १५:३१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?