• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

एमाले र राप्रपाको एकै स्वर : जातजातिको नाममा आगो नबाल्न प्रचण्डलाई चेतावनी

Stambha News by Stambha News
२०८१ असार २८, शुक्रबार १६:०१
in राजनीति, विशेष
0
एमाले र राप्रपाको एकै स्वर : जातजातिको नाममा आगो नबाल्न प्रचण्डलाई चेतावनी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन्। उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए।

उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे। उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनि प्रश्न गरे।

उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन् ? भनेर पनि प्रश्न गरे। उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए।

‘संविधान संशोधन ०७२ सालको संविधानको अग्रमगनको लागि हो। पश्चगमनको लागि होइन। पछाडी फर्किनको लागि होइन। जाति, भाषा, धर्म, संस्कृति, मधेश, दलित, महिला आज झलझलि प्रधानमन्त्रीजीलाई याद भयो। तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन्रु तपाईका लागि हतियार बोकेका तमाम दलित युवाहरु आज कहाँ छन् ? खोज्नुभयो ?’ उनले भने, ‘दलितको नाममा, महिलाको नाममा, मधेशको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन।’

जातजातिलाई भड्काएर रोटि नसेक्नुस : ज्ञानेन्द्र शाही
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

जातीय छुवाछुतविरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्दै उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे।

‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन। त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ। दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो। हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ। यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा। जातीय छुवाछुतबिरुद्धको कानून अहिले बनेको हो ?,’ उनले प्रश्न गर्दै भने, ‘राजा महेन्द्रको पालामा २०२० तिर यो कानून बनाइएको हो। तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस्। चुनाव हुन्छ, चुनावमा जानुस्। चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ। तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्। किनभने अत्ति भइसक्यो।’

Facebook Comments Box
Previous Post

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

Next Post

ढल्यो प्रचण्ड सरकार, पाँचौँपटकमा गुमाए संसदको विश्वास

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:०१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:०१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:०१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:०१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:०१
Next Post
बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

ढल्यो प्रचण्ड सरकार, पाँचौँपटकमा गुमाए संसदको विश्वास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ असार २८, शुक्रबार १६:०१
बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

२०८१ असार २८, शुक्रबार १६:०१
खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

२०८१ असार २८, शुक्रबार १६:०१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?