• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

२२ सचिवको सरुवा, १८ राजदूत सिफारिस (मन्त्रिपरिषदका निर्णयसहित)

Stambha News by Stambha News
२०८१ श्रावण १६, बुधबार १८:२०
in राजनीति, विशेष
0
२२ सचिवको सरुवा, १८ राजदूत सिफारिस (मन्त्रिपरिषदका निर्णयसहित)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले २२ जना सचिवको सरुवा गरेको छ ।

बुधवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।

मन्त्री गुरुङका अनुसार रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगम कार्यालयमा सरुवा गरिएको छ भने अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ।

यस्तै, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय, गोकर्णमणि सुवेदी राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी, सुरेश आचार्य जल तथा उर्जा आयोगको सचिवालय, भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रमिलादेवी बज्राचार्य खानेपानी मन्त्रालयमा सरुवा भएका छन्।

यसैगरी मधुसुदन बुर्लाकोटी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव, डा. रामप्रसाद घिमिरे अर्थ मन्त्रालय सचिव, किरणराज शर्मा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, डिल्लीराम शर्मा लोकसेवा आयोगमा सचिव, रामकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गोपालप्रसाद सिग्देल उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, रामेश्वर दंगाल रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, मुकुन्दप्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सर्जुकुमार वैद्य प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र, नारायणप्रसाद शर्मा हुमागाईं राष्ट्रपतिको कार्यालय, केशवकुमार शर्मा बिडारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामआधार साह नेपाल ट्रस्टको कार्यालय, सचिव बनेका छन्।

मन्त्री गुरुङका अनुसार घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दिनेशकुमार घिमिरे अर्थ मन्त्रालयको राजश्व सचिव, राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवमा सरुवा भएका छन्।

यस्तै, सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ का लागि राजपत्राङ्कित श्रेणी वा सो सरहका जम्मा ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
मन्त्री गुरुङका अनुसार सरकारले १८ जना राजदूत नियुक्त गरेको छ।

शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्टे«लिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानका लागि राजदूत सिफारिस भएका हुन्।

नेपाली सेनामा हाल ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथि अशोकराज सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम मिति २०८१ साउन २५ गतेदेखि लागू हुनेगरी कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

सो सिफारिस बमोजिम रथि सिग्देललाई राष्ट्रपतिको कार्यालयले कामु प्रधान सेनापतिको जिम्मेवारी दिइसकेको छ।

यसैगरी बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रमुखलाई पदमुक्त गरी दीपकप्रसाद देबकोटा बागमती प्रदेश, कृष्णबहादुर घर्तीमगर लुम्बिनी प्रदेश र यज्ञराज जोशी कर्णाली प्रदेशमा नियुक्त गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए।

मन्त्रिपरिषदको सिफारिस अनुसार नयाँ प्रदेश प्रमुखको नियुक्तिसमेत भइसकेको छ।

Facebook Comments Box
Previous Post

बाढीपहिरोबाट १४५ जनाको मृत्यु, १७४ घाइते, ४७ बेपत्ता

Next Post

१७ वर्षपछि पक्राउ परे प्राध्यापक धर्मराज विष्टका हत्या आरोपी खड्का

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ श्रावण १६, बुधबार १८:२०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ श्रावण १६, बुधबार १८:२०
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ श्रावण १६, बुधबार १८:२०
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ श्रावण १६, बुधबार १८:२०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ श्रावण १६, बुधबार १८:२०
Next Post
१७ वर्षपछि पक्राउ परे प्राध्यापक धर्मराज विष्टका हत्या आरोपी खड्का

१७ वर्षपछि पक्राउ परे प्राध्यापक धर्मराज विष्टका हत्या आरोपी खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

२०८१ श्रावण १६, बुधबार १८:२०
धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

२०८१ श्रावण १६, बुधबार १८:२०
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

२०८१ श्रावण १६, बुधबार १८:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?