• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

विष्णु माझीको तीजगीत आइन आमाले बटुल्यो छोटो समयमै ३४ लाख दर्शक

Stambha News by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:१६
in मनोरञ्जन, विशेष
0
विष्णु माझीको तीजगीत आइन आमाले बटुल्यो छोटो समयमै ३४ लाख दर्शक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत अदभूत !”

तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक/स्रोताले साथ दिनुपर्ने उहाँको भनाइ थियो । गायक एवं सङ्गीतकार बसन्त थापा माझीको तीज गीत आउँदा उत्साहित हुनुभयो । “बल्ल तीज आए झैँ भो, प्यासीले पानी पाए झैँ भो”, सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभयो । उहाँको पोष्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेख्नुभएको छ, “यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।”

सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तै छ, “साँच्चै हो नि विष्णु माझीको गीत नआएसम्म तीज आएजस्तो हुँदैन ।” ‘सपना म्यूजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोकसङ्गीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्यूजिक भिडियो युट्युबमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।

तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीत धेरैले रुचाएको गायक तथा सङ्गीतकार आशिष अविरलले बताउनुभयो । “महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तीज गीतको मुल प्रवृत्तिलाई यो गीतले पक्डेको छ ।”

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादित हुने गरेका छन् । तीज गीतको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी तीज गीत विवादमा मुछिएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गर्नुभयो । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्गित गर्दै उहाँले समाज सँधै स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत त्यही कोटीमा परेको बताउनुभयो । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिनेले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझीको गीतले उनीहरु निरुत्साहित बनेको उहाँको बुझाइ छ ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माण गर्न तीज गीत सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।

पौराणिककालदेखि तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गर्नुभयो । बढ्दो व्यावसायिक बजार र अस्वस्थ प्रतिस्पर्धाले नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

माझीद्वारा स्वरबद्ध उक्त तीज गीतको शब्द र सङ्गीत दुवै सुन्दरमणि अधिकारीको हो । तीजमा माइत जान नपाएकी चेलीको मनोभावना गीतमा पाउन सकिन्छ । तीन वर्षअघि माझीको तीज गीत ‘चरी जेलैमा।।’ चर्चित बनेको थियो । सार्वजनिकरुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीत दिइरहनुभएको विश्लेष गरिएको छ ।

Facebook Comments Box
Previous Post

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा

Next Post

आँबुखैरेनी बस दुर्घटनाका घाइते १६ जनामध्ये ७ जना डिस्चार्ज

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:१६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:१६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:१६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:१६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:१६
Next Post
आँबुखैरेनी बस दुर्घटनाका घाइते १६ जनामध्ये ७ जना डिस्चार्ज

आँबुखैरेनी बस दुर्घटनाका घाइते १६ जनामध्ये ७ जना डिस्चार्ज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

२०८१ भाद्र १०, सोमबार १५:१६
FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

२०८१ भाद्र १०, सोमबार १५:१६
भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

२०८१ भाद्र १०, सोमबार १५:१६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?