• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

ओली र देउवाविरुद्ध ‘मुर्दावाद’ का नारा लागेपछि झोक्किए दुवैजना, भने : नयाँ पुस्ताले मर्यादा बिर्सिए

Stambha News by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:३३
in राजनीति, विशेष
0
ओली र देउवाविरुद्ध ‘मुर्दावाद’ का नारा लागेपछि झोक्किए दुवैजना, भने : नयाँ पुस्ताले मर्यादा बिर्सिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध ‘मुर्दावाद’को नारा लागेको छ ।

सोमबार सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको हो ।

कार्यक्रमको उद्घाटन ओली र देउवा दुवैले मिलेर गरे भने दुवैले टुँडिखेलस्थित मञ्चमा राखिएको दमाह पनि सँगै बजाएका थिए।
कार्यक्रममा सहभागी भिडबाट नेताहरूको विरोध गर्दै केही युवाहरूले नारा लगाएका हुन् ।

नारा चलिरहेकैबीचमा पोडियममा सम्बोधन गर्न पुगेका देउवालाई देखेर भिड थप उत्तेजित बन्यो। उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाउन थालेको थियो।

त्यसपछि देउवा पनि आक्रोशित हुन थाले। ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउउनुस्,’ देउवाले भने।

भिड झनै आक्रमक बन्न थाल्यो। त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए।

‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्नेरु लाज नभएकाहरू! अर्काको कार्यक्रम बिथोल्नेरु लाज छैनरु यही हो तपाईंहरूको संस्कृति! यही हो तपाईंहरूको चलनरु यही कुरा सिकेर आएको हो! बदमासहरू!,’ देउवाले भने।

यति भनेपछि देउवा सम्बोधनतिर लागे।
‘आदरणीय दाजुभाई, दिदीबहिनीहरू, यस्तै छ। यहाँ गौरा पर्व सुन्न आएकाहरू छन्। गौरा खेल्न आएका छन्। गौरा पर्वको कुरा सुनुन्,’ देउवाले अघि भने, ‘यीनीहरू सुन्दैनन्, न गौरा खेल्न दिन्छन्। यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन्। यहाँ को को त्यस्ता छन्, तीनलाई ठिक पार्नुपर्छ।’

नेपाली समाज कसैले भाँड्न खोजेर भाँडिदैन : प्रधानमन्त्री ओली
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताए । उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए। उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए।

उनले भने, ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन।’

Facebook Comments Box
Previous Post

अमेरिकाको डालासमा ४ हजार बढी नेपालीले हेर नेपथ्य कन्सर्ट

Next Post

राष्ट्रपति पाैडल पाल्पामा,रथ जात्राको अवलोकन गर्दै

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:३३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:३३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:३३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:३३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ भाद्र १०, सोमबार १५:३३
Next Post
राष्ट्रपति पाैडल पाल्पामा,रथ जात्राको अवलोकन गर्दै

राष्ट्रपति पाैडल पाल्पामा,रथ जात्राको अवलोकन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

२०८१ भाद्र १०, सोमबार १५:३३
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

२०८१ भाद्र १०, सोमबार १५:३३
ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

२०८१ भाद्र १०, सोमबार १५:३३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?