• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

तीज पर्व मनाउनुको पछाडि यस्तो छ रहस्य

Stambha News by Stambha News
२०८१ भाद्र १४, शुक्रबार ०९:२८
in विशेष, समाज
0
तीज पर्व मनाउनुको पछाडि यस्तो छ रहस्य
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

हिन्दु नारीहरुको महान पर्व तीज भाद्र शुक्ल प्रतिपदा देखि शुरु भइ पञ्चमीको पुजा साङ्गता सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ।

तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ ।

समग्रतामा यस पर्व खानपिन, व्रत र उपवास र स्नानका साथै अरुनधती सहित सप्त ऋृषिहरुको पुजा अर्चनामा केन्द्रित छ । मिष्ठान्न भोजन, नाच, गान, वस्त्र र गरगहना पहिरन लगायतका विषयहरुले बाहिरी रौनकता बढाएर यसको प्रभावकारितालाई उत्कर्षमा पुर्याएको पाइन्छ ।

तीज पर्वमा विवाहित दिदिबहिनीहरुलाई लिन नजाने वा निम्ताको सन्देश नपठाउने दाजुभाइ(माइती) र भाइटीकाको दिन स्वतः स्फुर्त रुपमा दाजुभाइ भएकोठाउँमा नजाने वा निम्ताको सन्देश नपठाउने दिदीबहिनीहरुको शान्दर्भिकता हुँदैन भन्ने आम बुझाइले विवाहित नारीहरु र उनीहरुको माइतीघर सँगको सामिप्यता बढाउन मुख्य भुमिका खेलेको छ ।

दर खाने दिन
दर खाने दिन तीज पर्वको पहिलो दिन हो । यस दिनमा विवाह भई घर गएका विवाहित दिदिबहिनीहरु र घरमै रहेका अविवाहित दिदिबहिनीहरुलाई एकैठाउँमा भेला गराई दाजुभाइहरुले यथाशक्य मिठा र मिस्ठान्न भोजनहरु खुवाउने चलन छ । बिहान देखि दिउँसो हुँदै साँझ सम्म मिठा–मिठा परिकारहरु तयारीका साथ खुवाउने र खाने काम हुन्छ। यस दिनको मध्यराती वा अर्को दिनको उज्यालो हुनु अगावै खिर, खाजा, चिच्चर, दूध, दही र फलफुल लगायतका परिकारहरु खाने र खुवाउने चलनलाई दर खाने भनेर बुझिन्छ । यस दिनमा(दर खाने दिनमा) धेरै परिकारहरु ग्रहणगरिने हुँदा हरितालिका तिजको दिनमा निराहार व्रत बस्दा समेत केहि असजिलो महशुस नहुने बुझाई रही आएको छ ।

हरितालिका तीजको दिन
हरेक बर्षदर खाने दिनको भोलिपल्टको दिनलाइ हरितालिका तीजको रुपमा मनाउने गरिन्छ । यस दिनलाइ तीज पर्वको दोस्रो महत्त्वपूर्ण दिनको रुपमा लिइन्छ । हरितालिकाको अर्थ मातापिता र बासस्थानबाट छुट्याई साथीहरुले सुटुक्क अन्यत्र लगिएकी नारी र कन्या भन्ने बुझिन्छ । सतिदेविले आफ्नो बाबू दक्षप्रजापतिको हवन कुण्डमा प्रवेश गरि शरीर त्याग गरेपछी पुनः पार्वतीको रुपमा पिता हिमालय पर्वत र मेनुकाको कोखमा जन्म लिनुभएको पाइन्छ । जन्मपश्चात् पार्वतीले सानै उमेरदेखि शिवजी पति पाउनको लागि ध्यान तपस्या गर्दथिन् । शुक्लपक्षका चन्द्रमाझै बढ्दै गएकी, कान्तिवाली सबै लक्षणले युक्त कन्या देखेपछि नारद ऋृषिले विष्णु भगवानसँग पार्वतीको विवाह हुन योग्यभएको बताएपछि सो कुराको सुइँको पार्वतीले पाएपछि आफ्नो अन्तरमनको वेदनासाथीहरुलाई बताउनु भएको पाइन्छ ।

तत्पश्चात् साथीहरुले पार्वतीलाई सुटुक्क जङ्गल तिर लगेको, त्यही एकान्तमा पार्वतीले शिवजीको पुजा र तपस्या गर्नु भएकोप्रसङ्ग पाइन्छ । यसरी अभिष्ठ उद्देश्यले पानी पनि नखाई कठोर तपस्या गर्दा भगवान विष्णु स्वयम् उपस्थित भई शिवजी पति पाए, तथास्तु भनि बरदान दिनु भएको र त्यही शिवजी उपस्थित भई व्रतपूर्ण गराइदिनुभएको प्रसङ्ग बिभिन्न कथाहरुमा उल्लेख छ ।

यसरी पार्वतीको पहिलो जन्ममा पनि शिवजी नै पति हुनुभएको र यस जन्ममा पनि शिवजीप्रति नै कृतशङ्कल्पित भइ आफ्नो अभिलाषालाई यथार्थमा बदल्नु सनातन पुर्णताको लक्षण हो । आजभोलि पनि प्रेमी प्रेमिका वा श्रीमान श्रीमतीहरु सयौं जुनीसँगै हुन पाउँ भनि कामना गरेको पाइन्छ । यसै प्रसङ्गमा विवाहित महिलाहरु आ–आफ्ना जोडिको(पतिको) सुख–सुविधा, दीर्घायु एवम् सफलताको कामना गर्दै व्रतबस्ने, यदि व्रत बस्न नसक्ने भएमा पुरुषले सहयोग गरिदिने र विवाह नभएका कन्याहरु असल पति प्राप्त होओस् भन्ने उद्देश्यले व्रत बस्ने यस प्रचलनको धार्मिक एवम सांस्कृतिक महत्व अनन्तकालसम्म रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ ।

यस दिन तीजपर्व विशेषका भाकाहरुमा नाच गान गर्दा आफ्ना वर्षभरीका सुख दुखका भोगाइहरु व्यक्त गर्ने प्रचलन परापुर्व कालदेखि चली आएको पाइन्छ । यस दिनको बेलुका पख मन्दिरमा गई वा आ–आफ्नो घरमा नै शिव पार्वतीको पुजा गर्ने प्रचलन पनि छ ।

गणेश चतुर्थी
यस प्रसङ्गमा पार्वतीले प्रसव बेदना रहित पुत्र प्राप्त गर्ने अभिलाषा राख्नु भएको र महादेवले बिना गर्भधारण एवम् प्रसव वेदना रहित उक्त अभिलाषा पूरा गराइदिँदा पार्वतीको कोखबाट गणेश भगवानको उत्पत्ति भयो भन्ने मान्यता छ ।

पार्वतीको कोखबाट उत्पत्ति भएपछि गणेशभगवानको मुख हेर्न सबैजना गएको, शनिश्चरले पनि हेरेको र उहाले हेर्ने वित्तिकै शिर अलग भएको प्रसङ्ग पनि पाइन्छ भने, कतै प्रवेशद्वारमा खडा भएका गणेशले महादेवलाई भित्र पस्न छेक्दा महादेवले नै उनको शिर छेदन गरिदिएको प्रसङ्ग समेत पाइन्छ । पुत्र वियोगमा विलाप गरेकी पार्वतीबाट सबै कुरा थाहा पाएपछि पार्वतीलाई खुसी पार्न स्वयं महादेवले नै हात्तीको शिर जोडी पुत्र बिउझाइदिनुभएको भन्ने जस्ता कथा प्रसङ्ग आउँछन् । गणेश भगवानको जन्मदिन अथवा प्रदुर्भावको यस दिन व्रत पूजा अर्चना गर्यो भने गणेश प्रसन्न भई मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ ।

ऋषि पञ्चमी
भद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमीको रुपमा मनाइन्छ । यो तीज पर्वको चौथा दिन हो । यस दिनको पुर्वार्धमाशौचादी कर्म सम्पन्न गरी अपमार्ग(दतिवन)सहित शुद्ध सफा माटो, गाईको गोबर, गहुत आदि सामाग्री लिइ नजिकको खोलामा गई माटो, गोबर, जौ, तिल, कुश मिश्रित पानीले स्नान गरी अपमार्ग टोक्ने त्यसपछि चाल्नेबाट सहस्र धारा बनाई नुहाउने र अन्त्यमा शुद्द सफा वस्त्र लगाई पञ्चगब्य खाएपछि स्नान कार्य सम्पन्न हुन्छ ।

यसरी शुद्ध भई चौरमा भेला भई गीत गाउने नाच्ने चलन छ । यसरी स्नान पुजा आदि गर्दा वर्षभरी जानी नजानी हुन गएका पापहरुको दोष मेटिन्छ भन्ने मान्यता छ । यस दिनको मध्यान्हमा अरुनधती सहित सप्तऋषिहरु(जमदग्नी, भारतद्वार, विश्वामित्र, कश्यप, गौतम, अत्री र वशिष्ठ)को पुजा हुन्छ र यस पछि तिजको व्रत पुरा भएको मानिन्छ । सप्त ऋषिहरुको पुजा महिला पुरुष दुबैले गर्नु पर्ने कुरा शास्त्रमा लेखिएको भएतापनि पुरुषहरुले प्रायः गर्ने गरेको पाइदैन

Facebook Comments Box
Previous Post

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Next Post

पेरिस पारालिम्पिक्समा पलेशाको जितप्रति राजमोको बधाई

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ भाद्र १४, शुक्रबार ०९:२८
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र १४, शुक्रबार ०९:२८
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ भाद्र १४, शुक्रबार ०९:२८
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र १४, शुक्रबार ०९:२८
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ भाद्र १४, शुक्रबार ०९:२८
Next Post
पेरिस पारालिम्पिक्समा पलेशाको जितप्रति राजमोको बधाई

पेरिस पारालिम्पिक्समा पलेशाको जितप्रति राजमोको बधाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

२०८१ भाद्र १४, शुक्रबार ०९:२८
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

२०८१ भाद्र १४, शुक्रबार ०९:२८
संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ भाद्र १४, शुक्रबार ०९:२८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?