काठमाडौं । यस पटकको दशैंका लागि असोज १३ गते देखि नया नभई सुकिला नोट साट्न पाइने भएको छ । असोज १३ देखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
आउदो दशैंमा नयाँ नोटको साटो सुकिला नोट् साट्ने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । असोज १३ बाट नेपाल राष्ट्र बैंकका साथै अन्य बैंकहरू मार्फत पनि सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागेको छ ।









