• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक समीक्षा सम्पन्न

Stambha News by Stambha News
२०८१ मंसिर ११, मंगलवार ०५:५४
in नेपाल प्रहरी
0
नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक समीक्षा सम्पन्न
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका कार्यमा अझ बढि क्रियाशील भई कार्य गर्नुपर्ने बताउँदै पेन्डिङ मुद्दा फछर्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्य गर्नुपर्ने एवम् तस्करी नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । प्रहरी संगठनको वृहत्तर हितका लागि नविनतम र रचनात्मक कार्य गर्न सबै प्रहरी कर्मचारीहरू अग्रसर हुन समेत उहाँले अनुरोध गर्नुभयो ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।

यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Previous Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

Next Post

बुधबार सुनको मूल्य तोलामा ९ सयले बृद्धि

Stambha News

Stambha News

Related Posts

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण
नेपाल प्रहरी

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

by Stambha News
२०८१ मंसिर ११, मंगलवार ०५:५४
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८१ मंसिर ११, मंगलवार ०५:५४
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८१ मंसिर ११, मंगलवार ०५:५४
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८१ मंसिर ११, मंगलवार ०५:५४
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८१ मंसिर ११, मंगलवार ०५:५४
Next Post
बुधबार सुनको मूल्य तोलामा ९ सयले बृद्धि

बुधबार सुनको मूल्य तोलामा ९ सयले बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

२०८१ मंसिर ११, मंगलवार ०५:५४
किरियापुत्री अवस्थामा पनि मतदान

किरियापुत्री अवस्थामा पनि मतदान

२०८१ मंसिर ११, मंगलवार ०५:५४
साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

२०८१ मंसिर ११, मंगलवार ०५:५४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?