भदौ ५, काठमाडौं। देशका विभिन्न स्थानमा बिहीबार राति वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित सुर्खेत, पश्चिम रुकुम, पर्वत, कास्की, लमजुङ, सिन्धुपाल्चोक र धनकुटा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ।
विभागका अनुसार सुर्खेतको गोठीकाँडा, सुर्खेत विमानस्थल, पश्चिम रुकुमको वनफीकोट, पर्वतको कुसमा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदिबजार, सिन्धुपाल्चोकको बोल्डे, काठमाडौंको सुन्दरीजल र धनकुटाको पाख्रिबासलगायत क्षेत्रमा लगातार वर्षा भएको छ।
विभागले थप वर्षा हुने सम्भावना रहेकाले स–साना खोलानाला र नदीमा आकस्मिक बहाब बढ्न सक्ने चेतावनी दिएको छ। साथै, प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
-खेम राज अधिकारी









