• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

डेढ अर्बको लगानीमा रारा रिसोर्टको निर्माण कार्य सुरु, वनमन्त्रीले गरे शिलान्यास

Stambha News by Stambha News
२०८१ माघ ३०, बुधबार १८:००
in विशेष, समाज
0
डेढ अर्बको लगानीमा रारा रिसोर्टको निर्माण कार्य सुरु, वनमन्त्रीले गरे शिलान्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङले रारा रिसोर्टको निर्माण कार्य थालेका छन् ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधवार रिसोर्टको शिलान्यास गरेका हुन् ।

रारा होल्डिङ ग्रुप र एक्सपर्ट ग्रुपको साझेदारीमा कर्णाली प्रदेशको मुगु जिल्लामा चारतारे सुविधा सम्पन्न रारा रिसोर्ट निर्माण हुने भएको हाे।

प्रदेशमा तीन तारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलो पटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजना प्रबन्धक अरुण चन्दले बताए ।

 

गत वर्ष काठमाडौँमा सरकारले आयोजना गरेको तेर्सो लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार संघीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको उनले जानकारी दिए ।

 

उद्घाटनको क्रममा मन्त्री ठकुरीले यो प्रोजेक्टले कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘रारा ताल प्राकृतिक तथा ऐतिहासिक हिसावले आफ्नो छुटै पहिचान बोकेको छ, यो परियोजनाले पर्यटनको आवगमनलाई बढाउने र स्थानीयले रोजगारी पनि पाउँने छन्,’ उनले भने ।

डेढ अर्बको लगानीमा निर्माण थालिएको यो रिसोर्ट ८० रोपनी क्षेत्रमा फैलिने छ । कूल ६० कोठा क्षमताको यो रिसोर्ट पहिलो चरणमा ४० कोठासहित खोल्ने योजना रहेको एक्सपर्ट होल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्जिव शर्माले जानकारी दिए । उक्त ठाउँको आर्थिक सम्बृद्धिको लागि यो आयोजना कोषेढुङ्गा सावित हुने उनको भनाई छ ।

गत वर्ष काठमाडौंमा सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार संघीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले २ वर्षमा सक्ने लक्ष्य सहित काम सुरु गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गरिएको बताइएको छ ।

हालको डिजाइन अनुसार रिसोर्टमा एउटा सुइट, चारवटा डिलक्स रुम र बाँकी ३५ वटा स्ट्यान्डर्ड रुम हुनेछन् । ८० रोपनी जमिनमा फैलिएको यो रिसोर्टले पहिलो चरणमा १२ वटा भिला निर्माण गर्ने लक्ष्य राखेको छ । यसमा १०० जना क्षमताको रेस्टुरेन्ट, स्पा, हेलिप्याड र अन्य सुविधा पनि कम्पनीले बताएको छ ।

तस्बिरहरू प्रदिव राज वन्त रासस ।

 

Facebook Comments Box
Previous Post

बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला जाने हाेईन त ?

Next Post

नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ माघ ३०, बुधबार १८:००
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ माघ ३०, बुधबार १८:००
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ माघ ३०, बुधबार १८:००
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ माघ ३०, बुधबार १८:००
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ माघ ३०, बुधबार १८:००
Next Post
नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)

नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२०८१ माघ ३०, बुधबार १८:००
दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

२०८१ माघ ३०, बुधबार १८:००
सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही हुने

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

२०८१ माघ ३०, बुधबार १८:००

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?