• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

श्रमजीवी वर्गको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक: अध्यक्ष प्रचण्ड

Stambha News by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०५:५०
in राजनीति, विशेष
0
कोप–२८ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१८ वैशाख,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) २०२५ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवाहरूलाई सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले ८ घण्टे कार्य दिनको मागसहित अमेरिकाको शिकागो शहरमा मजदूरहरूले गरेका संघर्षलाई स्मरण गर्दै नेपालसहित विश्वभरका मजदूरहरूले १ मईलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउँदै आएको उल्लेख गरेका छन्। यस ऐतिहासिक दिनमा उनले नेपालसहित सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गरेका छन्।

उनले सन्देशमा उल्लेख गरेका छन् कि नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निम्ति संघर्ष र बलिदानका थुप्रै कीर्तिमानहरू स्थापना गरेका छन्। किसान, मजदूर, उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्षकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको भन्दै सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार भएको बताए।

अध्यक्ष प्रचण्डले हाल मुलुकमा भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो परिवेशमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्दै सबै खाले बेथितिका विरुद्ध निरन्तर संघर्ष गर्नु पर्नेमा जोड दिएका छन्। साथै, प्रतिगामी तत्व र यथास्थितिवादविरुद्ध श्रमिक वर्गले मौलिक पहिचानसहित अघि बढ्नु आवश्यक रहेको उनले बताएका छन्।

उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टतासहितको समाजवादी कार्यदिशामा अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गर्दै बदलिएको राजनीतिक व्यवस्थाको प्रकाशमा श्रमजीवी वर्गको अवस्था बदल्न पूर्णरूपमा समर्पित हुन सबैलाई आह्वान गरेका छन्।

“आम श्रमजीवी वर्गलाई सशक्त बनाउने प्रण गरौं, यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्देश हुनेछ,” अध्यक्ष प्रचण्डको सन्देशमा उल्लेख छ।

सन्देशको अन्त्यमा अध्यक्ष प्रचण्डले पुनः अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) २०२५ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रचण्डकाे शुभकामना सन्देश । 

Facebook Comments Box
Previous Post

शिक्षक आन्दोलनमा परि २० जना शिक्षक सहित तीन प्रहरीहरू घाइते

Next Post

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०५:५०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०५:५०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०५:५०
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०५:५०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०५:५०
Next Post
उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

२०८२ बैशाख १८, बिहीबार ०५:५०
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

२०८२ बैशाख १८, बिहीबार ०५:५०
लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

२०८२ बैशाख १८, बिहीबार ०५:५०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?