• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

Stambha News by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:०१
in समाज
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), ९ कात्तिक : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन् ।

लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम गर्न सकेका छैनन् । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

दुई वर्षमा सक्नेगरी जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्ने काम नसक्दा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेबीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ ।

उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि विसं २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । बाह्र किमी सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किमी सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किमी सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ ।

उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । सडक समयमै कालोपत्र नहुँदा वर्षौंदेखि आफूहरुले हिलो र धुलो खान बाध्य भएको स्थानीय केदार कँडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “धेरै वर्ष भयो यो बाटो कालोपत्र गर्छौं भन्न थालेको तर अहिले पनि केही परिवर्तन हुनै सकेको छैन, अहिले त सडकमा मान्छे डुबाउने धुलो छ, बर्खामा हिलो पनि उस्तै हुन्छ, हामीहरु त आजित भयौँ, घर नजिकै सडक छ, घर उठाएर पर सार्न पनि नमिल्ने, हामी सानो हुँदा यो सडकको हालत यस्तै थियो, अहिले हामी ४०÷४२ वर्षमा लाग्दा पनि यस्तै छ ।”

सवारी चालक मिनबहादुर विकले यो सडकमा गाडी चलान थालेको १७ वर्ष भएको भन्दै सडकको दुरावस्थाका कारण अहिलेसम्म लाखौँ रकम बराबरको पार्टपुर्जा फेर्नु परेको बताउनुभयो । बागलुङ बजार नजिकै भए पनि सडक अप्ठ्यारो हुँदा बिहुँबाट बजार झर्न झण्डै दुई घण्टा लाग्ने विकको अनुभव छ ।

“वैकल्पिक बाटो छैन, यही सडकमा हिँड्नुपर्छ, म दैनिक दुई पटक ओहोरदोहोर गर्छ, यात्रुले निकै गुनासो गर्छन्, धेरैले वान्ता पनि गर्छन्, यो सडक अप्ठ्यारो छ भन्ने सबै नेतालाई थाहा छ, तर काम गर्दैनन्”, विकले भन्नुभयो, “बर्खामा हिलोले गाडी नै डुब्ला जस्तो हुन्छ, हिउँदमा धुलोले गाडी देखिँदैन ।” रासस

Facebook Comments Box
Previous Post

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान

Next Post

लागुऔषधसहित ६ जना पक्राउ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:०१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:०१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:०१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:०१
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:०१
Next Post
लागुऔषधसहित ६ जना पक्राउ

लागुऔषधसहित ६ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

२०८० कार्तिक ९, बिहीबार १६:०१
माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

२०८० कार्तिक ९, बिहीबार १६:०१
लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनद्वारा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग

लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनद्वारा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग

२०८० कार्तिक ९, बिहीबार १६:०१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?