फिल्म निर्माण कम्पनी फिल्ममेकरस् प्रा. लि. र जेसीआईबीच शुक्रवार यश विषयमा सम्झौता भएको हो । यो सहकार्य अन्तर्गत जेसीआई नेपालले देशभरका आफ्ना युवाहरूको सञ्जालमार्फत फिल्म ‘मोहर’लाई प्रचारमा सहयोग गर्नेछ।
नेपाली समाजमा अझै अस्तित्वमा रहेको देउकी प्रथा जस्तो सामाजिक विकृतिमाथि आधारित फिल्मले प्रेम, विछोड र बदलाको कथासँगै गहिरो सामाजिक सन्देश दिने अपेक्षा निर्देशक ओम प्रतिकले बताए ।
फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्मकाे लेखन निर्देशक प्रतिकले नै गरेका हुन् । फिल्म यही साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।
यस सहकार्यबारे जेसीआई नेपालकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापा भन्छिन्-`सामाजिक रूपान्तरणका लागि सिर्जनात्मक माध्यमहरू अत्यन्त प्रभावकारी हुन्छन्। फिल्म ‘मोहर’ मार्फत उठान गरिएको विषयवस्तुले युवा पुस्तालाई सोच्न बाध्य बनाउनेछ। यस्तो अर्थपूर्ण प्रयाससँग सहकार्य गर्न पाउनु हामी जेसीआई नेपालका लागि गौरवको विषय हो।´
फिल्ममा लक्ष्मी गिरी, अर्जुनजंग शाही, सारा शर्मा लगायतका कलाकारको समेत अभिनय छ। चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा दीपेन बस्न्यातको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन तथा सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगी को सङ्गीत छ।









