• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

मलेसियाबाट उपाधि बोकेर फर्कियो यू-१९ क्रिकेट टोली

Stambha News by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:३५
in खेलकुद
0
मलेसियाबाट उपाधि बोकेर फर्कियो यू-१९ क्रिकेट टोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपराजित पनि रह्यो ।

आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो ।

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो ।

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् । छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् ।

पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

Facebook Comments Box
Previous Post

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?

Next Post

हालान्डको दुई गोलमा सिटीको शत प्रतिशत रेकर्ड

Stambha News

Stambha News

Related Posts

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने
खेलकुद

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:३५
गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा
खेलकुद

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:३५
केभिन रोहन स्मृति कराते शुरु
खेलकुद

केभिन रोहन स्मृति कराते शुरु

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:३५
लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा
खेलकुद

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:३५
फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम
खेलकुद

फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:३५
Next Post
हालान्डको दुई गोलमा सिटीको शत प्रतिशत रेकर्ड

हालान्डको दुई गोलमा सिटीको शत प्रतिशत रेकर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

२०८० कार्तिक ९, बिहीबार १७:३५
बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

२०८० कार्तिक ९, बिहीबार १७:३५
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

२०८० कार्तिक ९, बिहीबार १७:३५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?