काठमाडौँ – प्रहरी बृत्त थानकोटका असई कुमार नेपाली श्रावण महिनाको “Best Police of the Month” बाट सम्मानित भएका छन्।
प्रहरी सायक निरीक्षक नेपालीले प्रहरी संगठनबाट पाएका जिम्मेवारीलाई व्यवसायिक निष्ठा, सांगठनिक नीति अनुसार कुशलतापूर्वक सम्पादन गर्दै अपराध अनुसन्धान र प्रहरी कार्यसम्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण यो सम्मान प्रदान गरिएको हो।

सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने, प्रहरी सेवाप्रति विश्वास जगाउने तथा नेपाल प्रहरीको छवि उचो राख्न उनले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी बृत्त थानकोटले नेपालीलाई प्रशंसा पत्र प्रदान गरेको हो।
यसअघि, कालिमाटी क्षेत्रमा कार्यरत रहँदा उनले ग्याङ फाइटमा मृत्यु भएको घटनामा संलग्न २६ जनालाई पक्राउ गर्न सफल भएका थिए। त्यस्तै, लागुऔषध नियन्त्रण, चोरी–डकैती रोकथाम तथा अन्य आपराधिक गतिविधिहरू नियन्त्रणमा समेत उनको उल्लेखनीय योगदान रहेको प्रहरीको भनाइ छ।









