• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

Stambha News by Stambha News
२०८२ भाद्र ४, बुधबार ०२:५८
in राजनीति, विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सङ्घीय संसद भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ४ भदौ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने प्रमुख कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सरकारलाई विभिन्न क्षेत्रसँग सम्बन्धित जिज्ञासा राख्ने तथा जवाफ प्राप्त गर्ने प्रावधानअनुसार प्रधानमन्त्री ओली आजको बैठकमा प्रत्यक्ष जवाफ दिन उपस्थित हुनेछन् । सांसदहरूले उठाएका प्रश्नहरू शासनप्रणाली, विकास, सार्वजनिक सेवा, नीति तथा कार्यान्वयनलगायत विविध विषयसँग सम्बन्धित हुने अपेक्षा गरिएको छ ।

आजको बैठकमा कानुन निर्माणसम्बन्धी एजेन्डा पनि रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस विधेयकमार्फत बालअधिकार संरक्षण, बालश्रम नियन्त्रण तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा रोकथामका कानुनी प्रावधानलाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा प्रस्तुत गरिएको छ ।

यस्तै, आजको बैठकमा ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि पेश गरिनेछ । यस विधेयकले मानव बेचविखन र ओसारपसार नियन्त्रणसम्बन्धी कानुनी ढाँचा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय मान्यताअनुरूप प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने यी विधेयक र प्रधानमन्त्री ओलीको जवाफप्रक्रियाले आजको बैठकलाई महत्त्वपूर्ण बनाएको छ । विशेषगरी बालबालिका संरक्षण र मानव बेचविखन नियन्त्रणसँग सम्बन्धित कानुनी संशोधन प्रस्तावहरूले बैठकमा व्यापक चासो पाउने अनुमान गरिएको छ ।

-खेम राज अधिकारी

Facebook Comments Box
Previous Post

दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

Next Post

काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ भाद्र ४, बुधबार ०२:५८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ भाद्र ४, बुधबार ०२:५८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ भाद्र ४, बुधबार ०२:५८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ भाद्र ४, बुधबार ०२:५८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ भाद्र ४, बुधबार ०२:५८
Next Post
काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

२०८२ भाद्र ४, बुधबार ०२:५८
चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

२०८२ भाद्र ४, बुधबार ०२:५८
प्रधानन्यायाधीशमा राउत सिफारिस

प्रधानन्यायाधीशमा राउत सिफारिस

२०८२ भाद्र ४, बुधबार ०२:५८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?