• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

Stambha News by Stambha News
२०८२ आश्विन २, बिहीबार १३:२६
in राजनीति, विशेष, स्तम्भ विशेष
0
मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भ न्युज

    — खेम राज अधिकारी

२ असोज, काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी गरेको छ। यसका लागि सरकारले अध्यादेश मार्फत् कानुनी प्रावधानलाई परिमार्जन गर्ने भएको हो।

विद्यमान मतदाता नामावली ऐन अनुसार निर्वाचन मिति घोषणा भए पछि नयाँ नामावली संकलन गर्न रोक लगाइएको छ। तर आयोगले नयाँ मतदाताहरू लाई सहभागी गराउन समय आवश्यक रहेको भन्दै गृह मन्त्रालयसँग छलफल गर्दै आएको छ।

सोही सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोग बीच मंगलबार भेटवार्ता भएको थियो। भेटमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी सहित अन्य आयुक्तहरूको उपस्थिति थियो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, आयोग र मन्त्रालय बीच तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ। साथै, मतदाता नामावली संकलनका लागि कानुन संशोधन आवश्यक रहेको विषयमा पनि छलफल भएको उनले बताए।

‘निर्वाचन प्रभावकारी बनाउन नयाँ मतदाताको नामावलीमा नाम थप्न कानुनमा सुधार गर्न जरुरी देखिएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘यसका लागि सरकार अध्यादेश मार्फत कानुनी बाटो खोल्ने तयारीमा छ।’

भेटवार्तामा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा पनि छलफल भएको थियो। तर आयोगले त्यसका लागि अझै गृहकार्य आवश्यक रहेको जनाएको छ।

गृहमन्त्री अर्यालले स्वतन्त्र र भय रहित वातावरणमा निर्वाचन गराउन आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोगले पनि तोकिएको समयमा निर्वाचन गराउन आफू सक्षम र प्रतिबद्ध रहेको भन्दै सबै राजनीतिक दल र सरोकारवाला सँग समन्वय गरेर अघि बढ्ने जनाएको छ।

Facebook Comments Box
Previous Post

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

Next Post

रुससँग मानवीय विषयमा मात्र वार्ता भएको युक्रेनको भनाइ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ आश्विन २, बिहीबार १३:२६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ आश्विन २, बिहीबार १३:२६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ आश्विन २, बिहीबार १३:२६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ आश्विन २, बिहीबार १३:२६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ आश्विन २, बिहीबार १३:२६
Next Post
रुससँग मानवीय विषयमा मात्र वार्ता भएको युक्रेनको भनाइ

रुससँग मानवीय विषयमा मात्र वार्ता भएको युक्रेनको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

२०८२ आश्विन २, बिहीबार १३:२६
माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

२०८२ आश्विन २, बिहीबार १३:२६
आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२०८२ आश्विन २, बिहीबार १३:२६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?