- स्तम्भन्युज

— खेम राज अधिकारी
स्तम्भन्युज खबर
बाँके । नेपालगन्ज जेसीजको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार नेपालगन्जमा सम्पन्न जेसीज अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्वाचित भएको हो।
अधिवेशनबाट जेसी मोहित बाबु शर्मा नेपालगन्ज जेसीजको अध्यक्षमा निर्वाचित भएका छन्। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता तथा सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपालगन्ज जेसीजको नेतृत्व अब अध्यक्ष शर्मा सम्हाल्ने भएका हुन्।
त्यसैगरी वर्ष २०२६ का लागि दुई कार्यकारी उपाध्यक्ष पदमा जेसी विष्णु बुढाथोकी र जेसी आश्विन कोइराला निर्वाचित भएका छन्। निर्वाचन आयुक्त रोशन कुमार केसीका अनुसार चार उपाध्यक्ष पदमा जेसी स्नेहा शर्मा, जेसी बादल बाबु शर्मा, जेसी लोकनाथ पोखरेल र जेसी सत्यनारायण थारु निर्वाचित भएका हुन्।
निर्वाचन आयुक्त केसीले हाल नेपालगन्ज जेसीजमा ५४ जना सदस्य रहेको जानकारी दिँदै अधिवेशनबाट निर्वाचित सबै पदाधिकारीको कार्यकाल एक वर्षको रहने बताए। निर्वाचित सबै पदाधिकारीहरू नेपालगन्जमा सफल र प्रतिष्ठित व्यक्तिका रूपमा परिचित रहेको जनाइएको छ।










