• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत, यी हुन् पक्ष –विपक्ष र तटस्थ दल

Stambha News by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४१
in राजनीति, विशेष
0
प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत, यी हुन् पक्ष –विपक्ष र तटस्थ दल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएका थिए ।

पक्षमा कूल १८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो ।

प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए भने नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।

१२ सांसद अनुपस्थित
कुल २ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा आइतबारको बैठकमा २ सय ६३ सांसदमात्रै उपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए। संसद् सचिवालयले दिएको जानकारी अनुसार, आइतबारको बैठकमा १२ जना सांसद अनुपस्थित रहे।

नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका १, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १ र नेकपा एमालेका ३ जना (सभामुख र एक जना निलम्बित) सहित १२ जना सांसद अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ ।

Facebook Comments Box
Previous Post

प्रधानमन्त्री ओलीलाई बधाई छ, समर्थन छैन : केसी

Next Post

बागमती र लुम्बिनीका मुख्यमन्त्रीले त्यागे पद

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४१
Next Post
बागमती र लुम्बिनीका मुख्यमन्त्रीले त्यागे पद

बागमती र लुम्बिनीका मुख्यमन्त्रीले त्यागे पद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

२०८१ श्रावण ६, आईतवार १५:४१
आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

२०८१ श्रावण ६, आईतवार १५:४१
सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

२०८१ श्रावण ६, आईतवार १५:४१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?