• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

Stambha News by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०९
in खेलकुद
0
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा । १११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् ।

५ किलोमिटरको सो प्रतियोगितामा उनले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम भएका हुन्। यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।

यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किमीको दूरी २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम भए भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई रु तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उनले बताए ।

‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताए ।

‘खेलले नागरिकलाई स्वस्थ बनाउँछ, राष्ट्रलाई बलियो बनाउँछ । राष्ट्रियतालाई बलियो बनाउँछ । त्यही सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई सङ्गठित बनाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेका हौँ’, उनले भने, ‘खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरू पनि लाग्नुपर्ने सन्देशसहित मिनी म्याराथनको आयोजना गरेका हौँ ।’

प्रतियोगिताको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले गरेका थिए ।

Facebook Comments Box
Previous Post

दैनिक २० नेपालीले गर्छन् आत्महत्या, गतवर्ष ७ हजार २२३ नेपालीले फाले ज्यान

Next Post

वीरगन्जको गोदाममा छापा, करिब २० लाख बराबरको सामान नियन्त्रणमा

Stambha News

Stambha News

Related Posts

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने
खेलकुद

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०९
गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा
खेलकुद

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०९
केभिन रोहन स्मृति कराते शुरु
खेलकुद

केभिन रोहन स्मृति कराते शुरु

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०९
लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा
खेलकुद

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०९
फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम
खेलकुद

फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०९
Next Post
वीरगन्जको गोदाममा छापा, करिब २० लाख  बराबरको सामान नियन्त्रणमा

वीरगन्जको गोदाममा छापा, करिब २० लाख बराबरको सामान नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

२०८१ भाद्र २४, सोमबार ०६:०९
बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

२०८१ भाद्र २४, सोमबार ०६:०९
नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

२०८१ भाद्र २४, सोमबार ०६:०९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?