• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

“सुरक्षा मजबुत भए मात्रै समृद्धि सम्भव” — गृहमन्त्री लेखक

Stambha News by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
in विशेष, समाज
0
“सुरक्षा मजबुत भए मात्रै समृद्धि सम्भव” — गृहमन्त्री लेखक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९ जेठ, धनुषा । “देशको आन्तरिक सुरक्षा मजबुत भए मात्रै विकास र समृद्धि सम्भव हुन्छ,” गृहमन्त्री रमेश लेखकले शुक्रबार मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै भने। नेपाल सरकारको गृहमन्त्रालय र मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा धनुषामा आयोजित गोष्ठीमा मन्त्री लेखकले प्रदेशका सुरक्षासम्बन्धी चुनौती र समाधानबारे प्रस्ट पारे।

उनले प्रदेशभर फैलिँदै गएका लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता घटनाहरू नियन्त्रण गर्न सरोकारवाला निकायहरूको समन्वय र सक्रियता अनिवार्य भएको बताए। “सीमा क्षेत्रमा भइरहेको तस्करी, चोरी निकासी र अन्य आपराधिक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ,” उनले भने।

गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, गृहमन्त्री राजकुमार लेखी, प्रमुख सचिव मदन भुजेल र विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टलगायतले आ–आफ्ना धारणा राखे।

प्रहरी महानिरीक्षक दिपक थापाले मधेश प्रदेश खुला सिमाना भएको हुँदा सीमा अपराध, लागूऔषध ओसारपसार, साइबर अपराध, सवारी दुर्घटनालगायत चुनौतीहरू रहेको बताए। “हामी स्रोत, जनशक्ति र प्रविधिको अधिकतम प्रयोग गर्दै अघि बढ्न आवश्यक छ,” उनले स्पष्ट पारे।

गोष्ठीमा आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षाको अवस्था, समस्या र समाधानका उपायबारे प्रस्तुतीकरण गरे।

कार्यक्रमको समापन गर्दै गृह सचिव गोकर्णमणि दुवाडीले गोष्ठीमा उठेका सुझाव र रणनीति कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रूपमा प्रतिबद्ध रहेको बताए।

Facebook Comments Box
Previous Post

ब्राउन सुगरसहित ४ जना पक्राउ, डिजिटल तराजु समेत बरामद

Next Post

एमालेले जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय, देशभर कार्यक्रमको तयारी

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
Next Post
एमालेले जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय, देशभर कार्यक्रमको तयारी

एमालेले जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय, देशभर कार्यक्रमको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी  धमाधम भुक्तानी हुदै

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी धमाधम भुक्तानी हुदै

२०८२ जेष्ठ १०, शुक्रबार १४:५१
प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

२०८२ जेष्ठ १०, शुक्रबार १४:५१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?