काठमाडौं । लागु औषध नियन्त्रण व्यूरोको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्राजिलियन महिलालाई करिब २ किलो कोकिनसहित पक्राउ गरेको छ।
व्यूरोका अनुसार मिति २०८२ साउन २१ गते ब्राजिलबाट दोहा हुँदै नेपाल प्रवेश गरेकी २१ वर्षीया ब्राजिलियन महिला इमिली मिकाएले सान्तोस फेरेइरा भुटान जाने तयारीमा विमानस्थलको प्रस्थान कक्ष अगाडि नियन्त्रित कोकिनसहित पक्राउ परेकी हुन्।
प्रहरीले शंकास्पद गतिविधि देखेपछि निगरानी गर्दै जाँच गर्दा उनको कालो रङको ब्राभित्र लुकाएर राखिएको तरल अवस्थामा रहेको १ किलो ९५० ग्राम कोकिन बरामद भएको व्यूरोले जनाएको छ।
सह-प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाका अनुसार, “निजलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको छ।”









