• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

समृद्धिका पक्षमा गृह मन्त्रालयको सार्थक पहल : प्रधानमन्त्री

Stambha News by Stambha News
२०८० मंसिर ६, बुधबार ०९:१७
in राजनीति
0
समृद्धिका पक्षमा गृह मन्त्रालयको सार्थक पहल : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताएका छन् ।

गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठित अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग आज (बुधबार) भएको भेटघाटमा उनले समितिबाट प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा गरे । सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पु¥याउने अपेक्षा रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठ सहितको उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सरकार गठन हुनेबित्तिकैको संसद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गरेको र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको जानकारी दिए ।

अध्ययन समितिका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्नेभन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्छ भने । उनले यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्छ भने ।

समिति र उपसमितिहरुमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य छन् । उनीहरूले तलब, भत्ता नलिएरै स्वयम्सेवकका रुपमा काम गर्ने बताएका छन् । ‘अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ । तर हामी स्वयम्सेवीका रुपमा खट्नेछौँ र आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिनेछौँ,’ संयोजक पौडेलले भने, ‘हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षासमेत गर्दछौँ ।’

गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मूल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन् ।

Facebook Comments Box
Previous Post

प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

Next Post

भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको भवनमा सर्यो प्रधानमन्त्री कार्यालय

Stambha News

Stambha News

Related Posts

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८० मंसिर ६, बुधबार ०९:१७
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८० मंसिर ६, बुधबार ०९:१७
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८० मंसिर ६, बुधबार ०९:१७
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक
राजनीति

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

by Stambha News
२०८० मंसिर ६, बुधबार ०९:१७
मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीति

मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

by Stambha News
२०८० मंसिर ६, बुधबार ०९:१७
Next Post
भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको भवनमा सर्यो प्रधानमन्त्री कार्यालय

भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको भवनमा सर्यो प्रधानमन्त्री कार्यालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

२०८० मंसिर ६, बुधबार ०९:१७
सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

२०८० मंसिर ६, बुधबार ०९:१७
त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

२०८० मंसिर ६, बुधबार ०९:१७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?