• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा अनुष्काको ‘सङ्कुल’ प्रथम

Stambha News by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४४
in मनोरञ्जन
0
अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा अनुष्काको ‘सङ्कुल’ प्रथम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव अनुष्का अर्यालद्वारा निर्देशित फिल्म ‘ सङ्कुल’ प्रथम भएको छ । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न प्रतियोगितामा अनिता स्याङ्बो निर्देशित ‘वर्थ’, श्रेयन राज भण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरेको छ ।

उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेको महोत्सवको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । कार्यक्रममा मन्त्री शर्माले विजेतलाई पुरस्कार समेत प्रदान गरेकी थिइन् ।

महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको महोत्सवमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार) प्रसुना डङ्गोल लगायतको उपस्थिति रहेको थियो ।

महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाईन्ड मुन’, तान्जानियाको ‘मुहाली’,  किर्गिस्तानको ‘सागा अन ओमेन’ लगायतका चलचित्रहरूको प्रदर्शन भयो ।

महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन् ।

रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो । नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गरिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले बताइन् ।

आइवार्टले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् ।

Facebook Comments Box
Previous Post

‘फर्फी फर्की’को छायाङ्कन पोखराबाट सुरु

Next Post

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने

Stambha News

Stambha News

Related Posts

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा
मनोरञ्जन

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४४
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक
मनोरञ्जन

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४४
तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न
मनोरञ्जन

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४४
नेपालगञ्जमा रावण दहनको तयारी पूरा
मनोरञ्जन

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४४
थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग
मनोरञ्जन

थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४४
Next Post
बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

२०८० मंसिर ११, सोमबार ०५:४४
मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

२०८० मंसिर ११, सोमबार ०५:४४
८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

२०८० मंसिर ११, सोमबार ०५:४४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?