• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

Stambha News by Stambha News
२०८१ असार १८, मंगलवार १६:५५
in खेलकुद
0
भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा आज चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। चारै कीर्तिमान पुरुष स्पर्धामा बनेका हुन्।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा पुरुष ७२ किलोमाथिको तौलमा बागमती प्रदेशका आशिष मानन्धरले एक सय ४५ किलो भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे। उनले यसअघि एक सय ३० किलो भार उचालेका थिए। सो स्पर्धामा कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए।

प्रतियोगितामा पुरुष ५९ किलोमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ किलो तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए। यसअघि ८५ किलो भार उठाएका दीपक तिमल्सिनाको नाममा उक्त कीर्तिमान थियो। सो स्पर्धामा कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो भए।

यस्तै पुरुष ६५ किलोमा बागमतीका दीपक खड्काले एक सय एक किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाए। उनले यसअघि ठाकुर श्रेष्ठको नाममा रहेको ९० किलोको कीर्तिमान भङ्ग गरे। उक्त स्पर्धामा बागमतीका विरु ढुङ्गाना दोस्रो तथा लुम्बिनीका लक्ष्मण नेपाली तेस्रो भए।

पुरुष ५४ किलोमा बागमतीका ठाकुर श्रेष्ठले एक सय किलो भार उचाल्दै नयाँ कीर्तिमान बनाए। उनले आफ्नै नाममा रहेको ९० किलोको कीर्तिमानमा सुधार गरेका हुन्। उक्त स्पर्धामा गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो भए।

यसैगरी पुरुष ४९ किलोमा बागमतीका मनिष पुन मगर पहिलो भए। उनले ५० किलो भार उठाए। कर्णालीका रुपलाल बस्नेत दोस्रो तथा कोशीका अजित खाती तेस्रो भए। पुरुष ७२ किलोमुनिको तौलमा बागमतीका राजाराम सिलवाल पहिलो भए। उनले ८० किलो तौल उचाले। लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा मधेसबाहेक ६ प्रदेशका ४२ खेलाडी सहभागी भएका थिए। पुरुषतर्फ ६ तथा महिलातर्फ तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।

Facebook Comments Box
Previous Post

सात करोड रुपैयाँ ठगी आरोपमा सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

Next Post

बाढी पहिरोबाट २५ दिनमा ४५ जनाको मृत्यु, ४६ वटा भौतिक संरचना भत्कँदा ८ करोड बढीको क्षति

Stambha News

Stambha News

Related Posts

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने
खेलकुद

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

by Stambha News
२०८१ असार १८, मंगलवार १६:५५
गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा
खेलकुद

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

by Stambha News
२०८१ असार १८, मंगलवार १६:५५
केभिन रोहन स्मृति कराते शुरु
खेलकुद

केभिन रोहन स्मृति कराते शुरु

by Stambha News
२०८१ असार १८, मंगलवार १६:५५
लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा
खेलकुद

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

by Stambha News
२०८१ असार १८, मंगलवार १६:५५
फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम
खेलकुद

फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम

by Stambha News
२०८१ असार १८, मंगलवार १६:५५
Next Post
बाढी पहिरोबाट २५ दिनमा ४५ जनाको मृत्यु, ४६ वटा भौतिक संरचना भत्कँदा ८ करोड बढीको क्षति

बाढी पहिरोबाट २५ दिनमा ४५ जनाको मृत्यु, ४६ वटा भौतिक संरचना भत्कँदा ८ करोड बढीको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

२०८१ असार १८, मंगलवार १६:५५
राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

२०८१ असार १८, मंगलवार १६:५५
लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

२०८१ असार १८, मंगलवार १६:५५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?