• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

न्युरोड फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

Stambha News by Stambha News
२०८१ श्रावण ७, सोमबार १७:२६
in समाज
0
न्युरोड फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।

उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ । यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिनुभएको छैन । समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ ।”

उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रियएका हुन् ।

पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए । नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।
काठमाडौँ महानगरको प्रतिक्रिया

नयाँ सडक क्षेत्रमा विस्तारका क्रममा पैदलमार्ग सुधार गरिएको कामपा सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताउनुभयो । विगतमा सवारी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

“न्यूरोडको कालोपत्र सडकमा मोटरसाइकल, ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ आवश्यक पदैन राजभण्डारीले भन्नुभयो, “सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीलाई उपलब्ध गराउन लागिएको हो ।” आयोगका उपाध्यक्ष डा राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरित काम नभएको दाबी गर्नुभयो ।

मिश्रित आवासीय क्षेत्रमा १।८, मिश्रित व्यावसायिक क्षेत्रमा २।५०,बस बिसौनीमा तीन, बजार क्षेत्रमा ३।५ देखि ४।५, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा चार मिटर चौडाइको पैदलमार्ग आवश्यक पर्ने भन्दै पैदलमार्ग निर्माण भएपछि उक्त मापदण्ड पूरा हुने कामपा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “१३ मिटरको सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ २।५ र बायाँ २।५ मिटर पैदलमार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ र बायाँ १।५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना छ । पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन ।”

Facebook Comments Box
Previous Post

आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुँदै

Next Post

अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे नगरपालिकाको पैसा

Stambha News

Stambha News

Related Posts

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ श्रावण ७, सोमबार १७:२६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ श्रावण ७, सोमबार १७:२६
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८१ श्रावण ७, सोमबार १७:२६
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८१ श्रावण ७, सोमबार १७:२६
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ श्रावण ७, सोमबार १७:२६
Next Post
अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे नगरपालिकाको पैसा

अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे नगरपालिकाको पैसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

२०८१ श्रावण ७, सोमबार १७:२६
अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

२०८१ श्रावण ७, सोमबार १७:२६
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

२०८१ श्रावण ७, सोमबार १७:२६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?