• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home स्वास्थ्य

बजेट अभावमा अलपत्र अस्पताल

Stambha News by Stambha News
२०८२ आश्विन ४, शनिबार ०६:१०
in स्वास्थ्य
0
बजेट अभावमा अलपत्र अस्पताल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ)। चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो ।

रु आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस÷एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिनुभयो । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उहाँको भनाइ छ ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्नसके काम गर्न समस्या नहुने उहाँ बताउनुहुन्छ । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाउनुभयो । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उहाँको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउनुहुन्छ ।

अदैले भन्नुभयो, “यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्योबाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?”

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले रु एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताउनुभयो । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उहाँको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताउनुभयो । अहिले पनि बजेटका लागि पहल भइरहेको उहाँ बताउनुहुन्छ ।

Facebook Comments Box
Previous Post

दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू

Next Post

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

Stambha News

Stambha News

Related Posts

प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
विचार/ब्लग

प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०६:१०
व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी
विशेष

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०६:१०
सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन
विचार/ब्लग

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०६:१०
फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता
विचार/ब्लग

फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०६:१०
HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू
विशेष

HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

by Stambha News
२०८२ आश्विन ४, शनिबार ०६:१०
Next Post
आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

२०८२ आश्विन ४, शनिबार ०६:१०
आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

आज हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

२०८२ आश्विन ४, शनिबार ०६:१०
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

२०८२ आश्विन ४, शनिबार ०६:१०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?