• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने

Stambha News by Stambha News
२०८१ असार २२, शनिबार १७:२०
in राजनीति
0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने रणनीतिक निष्कर्ष तय गरेको छ ।

राप्रपाका शीर्ष नेतृत्वतह र स्थानीयस्तरका अगुवाहरुकोे संयुक्त भेलाले सो मार्गचित्र अख्तियार गरेको हो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार सम्पन्न काठमाडौं उपत्यकाकेन्द्रीत छलफलले महानगरपालिका, नगरपालिका र गाउँपालिकाअन्तर्गत वडा तहसम्म चुस्त संगठन बनाउने निर्णय लिएको हो ।

‘पृथ्वीनारायण शाहदेखि हालसम्म जुनै पनि सन्दर्भमा उपत्यकाको रणनीतिक महत्व रहँदै आएको छ । यसलाई मनन् गरेर महत्वकासाथ उपत्यकाभित्र संगठन निर्माणमा लाग्नु पर्दछ,’ राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले संगठन विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै भने ।

‘ठूला भन्ने दलहरु संविधान संशोधनको बहानामा साना दलहरुलाई निमिट्यान्न पार्न लागेका छन् । यो अवस्था घोषित रुपमै सार्वजनिक भएको छ । त्यसकारण संशोधन भनेर मात्र पर्याप्त हुँदैन, के र कस्तो संशोधन भन्ने सवालमा गंभीर भएर सोँच्नुपर्दछ,’ राप्रपाका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भने । ‘राप्रपा सबै खालका कार्यकता र दृष्टिकोणको साझा घर हुनुपर्दछ । यो अवस्था व्यवहारमा लागू हुनुपर्दछ । संगठन फेसबुकमा होइन, भुईँ तहमा निर्माण गर्नुपर्दछ । पार्टीमा देखिएका विवाद र तेरो मेरो भावनाले कसैलाई हित गर्दैन, मजबुत संगठन बन्दैन ।

पार्टी नेतृत्वबाट यसको निराकरण हुनुपर्दछ,’ उपाध्यक्ष एवं बागमती प्रदेश संयोजक विक्रम पाण्डेले भने । महामन्त्री तथा संगठन विभाग प्रमुख डा धवलशम्सेर राणाले संगठन बिस्तारबाट आन्दोलन र चुनाव दुबैतर्फ सकारात्मक नतिजा हासिल हुने बताए । ‘जहाँसम्म सरकारमा जाने कि नजाने भन्ने प्रश्न छ, मलाई सोध्नुहुन्छ भने, संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र लगायतका मूल लक्ष्य प्राप्त हुने अवस्था निश्चित नभएसम्म पार्टी सरकारमा जान हुन्न,’ उनले भने । ‘पार्टीको भविष्य निर्माण गर्न संगठनमा दत्तचित्त भएर लाग्नुबाहेक अरु विकल्प छैन ।

कार्यकर्ता साथीहरुले संगठनका लागि जहाँ बोलाउनुहुन्छ, म त्यहाँ पुग्न तयार छु,’ बागमती प्रदेश समिति अध्यक्ष विक्रमबहादुर थापाले भने । भेलामा उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरु, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरु, क्षेत्रीय तथा प्रदेशसभा समितिका अध्यक्ष तथा सचिवहरु, महानगरपालिका, नगरपालिका र गाउँपालिका समितिका अध्यक्ष तथा सचिवहरु समेत सहभागी थिए ।

Facebook Comments Box
Previous Post

सहकारी ठगलाई संरक्षण गर्न राज्यले नै संयन्त्र बनाएर खटायो : लेखक

Next Post

अपार्टमेन्टका सेक्रेटरीद्वारा नेपालीमाथि निर्घाट कुटपिट, मूल प्रवाहद्वारा कलेक्टरलाई ज्ञापन

Stambha News

Stambha News

Related Posts

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ असार २२, शनिबार १७:२०
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८१ असार २२, शनिबार १७:२०
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८१ असार २२, शनिबार १७:२०
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक
राजनीति

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

by Stambha News
२०८१ असार २२, शनिबार १७:२०
मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीति

मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

by Stambha News
२०८१ असार २२, शनिबार १७:२०
Next Post

अपार्टमेन्टका सेक्रेटरीद्वारा नेपालीमाथि निर्घाट कुटपिट, मूल प्रवाहद्वारा कलेक्टरलाई ज्ञापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस

धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस

२०८१ असार २२, शनिबार १७:२०
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

२०८१ असार २२, शनिबार १७:२०
दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८१ असार २२, शनिबार १७:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?